एमसीसीको पक्षमा लेखिएका समाचार र विचार किन ‘बुष्ट’ गरिए ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा लेखिएका समाचार तथा विचारहरुलाई फेसबुक तथा ट्वीटरमा स्पोन्सर गरिएको पाईएको छ ।
एमसीसी नेपाल फ्याक्ट्स वान्ली नामको फेसबुक पेजमा सेतो पाटीका सम्पादक अमित ढकालले लेखेको विचार, घटना र विचारमा प्रकाशित बबिता बस्नेतको लेखलाई स्पोन्सर गरिएको छ । त्यस्तै एमसीसी नेपालले डा. बाबुराम भट्टराईको भनाईमा आधारित अन्नपूर्ण पोष्टको समाचारलाई पनि फेसबुकमा स्पोन्सर गराएर प्रचार गरेको छ ।
डा. भट्टराईले लेखेका थिए, ‘यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!’ एमसीसीबारेका शिक्षाका लागि भनेर खोलिएको सो पोजमा फेसबुकमा एमसीसीको पक्षमा शेयर गरिएका कतिपय टिप्पणीहरु पनि समेटिएका छन् ।
