तपाईहरु ढुक्क हुनुस्, एमसीसी कुनै पनि हालतमा पास हुँदैन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन्। मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन। तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन।’
उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन। जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन। र, एमसीसी पास हुँदैन।’
