‘जहाँ गोठमै बच्चा जन्माउँछन महिला’
भक्तबहादुर शाही
दैलेख । अझै पनि दैलेखका ग्रामिण भेगका महिला गोठमा बच्चा जन्माउने गरेका छन् । दैलेखको भैरवी गाउँपालिका–५ डोक्राका महिला चौपाया बाँध्ने गोठमै बच्चा जन्माउछन् । स्वास्थ्य सँस्था टाढा र गाउँ घरमा प्रसुति गृह नहुँदा महिला गोठमा बच्चा जन्माउन बाध्य भएका हुन् ।
डोक्राका महिलालाई स्वास्थ्य संस्था जान ३ घण्टा लाग्छ । स्वास्थ्यमा जाँदा खोला पर्ने भएकोले खोलामा पुल नहुँदा उत्तिकै जोखिम मोल्नु परेको छ । गाउँको प्रसुति गृहमा स्वास्थ्यकर्मी र स्रोत साधन नहुँदा गाउँकै गोठमा बच्चा जन्माउनु परेको स्थानीय बासी बताउँछन् । भन्दछन्, स्वास्थ्य चौकी टाढा छ । बिच बाटोमा खोला पर्छ । खोलामा पुल छैन । पानी परेको दिन सकिदैन । बोकेर स्वास्थ्य संस्था लैजाने डरले घरमै बच्चा जन्माउनु त प¥यो, अमृता अधिकारीले बताईन ।
घरमा बच्चा जन्माउँदा आमा र नवजात शिशु समेत ज्यान जोखिमममा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य संस्थामा आएपछि सुरक्षित सुत्केरी भएर जान्छ । उनीहरुको अवस्था समेत हेरिन्छ । तर गाउँमा बच्चा जन्माउँदा जोखिम बढने स्वास्थ्य चौकीका ईन्र्चाज करुणाखर खत्रीले बताए ।
स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी नआउँदा गाउँपालिका सञ्चालन गरेको छोरी कार्यक्रम समेत प्रभावित बनेको छ । घरमा बच्चा जन्माउनेलाई स्वास्थ्य संस्थाले जन्ममिति दिदैन । अधिकाँश छोरी कार्यक्रमबाट समेत बन्चित भएका छन् ।
घरमा डेलिभरि हुँदा स्वास्थ्य परिक्षण नहुँदा पाठेघरको समस्या उत्तिकै बढेको स्वास्थ्य ईन्र्चाज भनाई छ ।
स्वास्थ्य संस्थामा नगएर घरमै असुरक्षित बच्चा जन्माउँदा अधिकाँश महिलाको जीवन जोखिममा रहेको छ । बढी रगत बग्ने,बच्चा जन्माएपछि पनि १२ दिनसम्म ती महिलाले गोठमै दिन विताउनुपर्ने बाध्यता छ । देवी देवता रिसाएर विसन्चो बनाईदिने,काम सफल नहुने,जहान परिवार विरामी हुने ,घरमा आगलागी र वनमा गएको बेला गाई बाख्रालाई बाघले खाईदिन जस्ता अन्धविश्वासले गर्दा डोक्राका महिला नछुने प्रथा बार्ने बाध्य भएका हुन् ।
नजिकै स्वास्थ्य संस्था नहुँदा नेपाल सरकारले नियमित गर्भ चेकजाँच र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएवापत सुत्केरी महिलालाई यातायात खर्च भनेर भत्ताको व्यवस्था गरेको छ ।
केही दिन अगाडी समयमा स्वास्थ्य संस्थामा सुत्केरी पु¥याउन नसक्दा डिलकुमारी नेपालीले बच्चा बचाउन नसकेको गुनासो गरिन । उनले भनिन, हामी यो गाउँका गाउँका २ सय बढी घरधुरीको समस्या छ । डोक्रा मात्र होइन दैलेखका अधिकांस ग्रामिण भेकमा सुत्केरी ब्यथा लागेसँगै गोठमा प्रसूति हुनुपर्ने बाध्यता महिलाहरुमा रहेको छ।
गाउँमा प्रसूति गृह नहुँदा अधिकांस महिलाहरु घर÷गोठमै सुत्केरी हुनुपर्ने बाध्यता जस्तै बनेको डोक्रा गाउँमा १६ वर्षदेखि महिला स्वयंसेविकाका रुपमा काम गरेकी धनकुमारी रानाले बताईन । भैरिकालिकाथुम स्वास्थ्य चौकीमा यहाँबाट सुत्केरी हुन विरलै जाने गरेका छन्। ’स्वयंसेविका रानाले भनिन्, ‘भौगलिक रुपमा टाढा भएकाले स्वास्थ्य चौकी जान मान्दैनन्।’
‘गाउँमै प्रसूति गृह भए महिलाहरुका लागि सजिलो हुने थियो । स्वास्थ्य सेवा इकाई गाउँमा भए पनि प्रसूति गृहका लागि मान्यता पाएको छैन जसले गर्दा गर्भवती महिलाहरुले दुःख पाएका छन्।’ गाउँपालिकाले प्रसूति गृह सञ्चालनका लागि चासो नदिँदा सैनचौरदेखि डोक्रासम्म ठूलो क्षेत्रफलमा फैलिएको गाउँमा महिलाहरु सुरक्षित सुत्केरी हुन पाईरहेका छैनन्।
‘गाउँमै प्रसूति गृह भए महिलाहरुका लागि सजिलो हुने थियो । स्वास्थ्य सेवा इकाई गाउँमा भए पनि प्रसूति गृहका लागि मान्यता पाएको छैन जसले गर्दा गर्भवती महिलाहरुले दुःख पाएका छन्।’ गाउँपालिकाले प्रसूति गृह सञ्चालनका लागि चासो नदिँदा सैनचौरदेखि डोक्रासम्म ठूलो क्षेत्रफलमा फैलिएको गाउँमा महिलाहरु सुरक्षित सुत्केरी हुन पाईरहेका छैनन्।
स्वास्थ्य सेवा इकाईको भवन भएपनि उपकरण र प्रसूति गृहको मान्यता नपाउँदा काम गर्न कठिन भएको अनमी भावना थापाले बताईन्।
‘गाउँ विकट छ त्यसमा पनि स्वास्थ्य चौकी पुग्न झ्न टाढा छ।’ उनले भनिन्, ’प्रसूति गृह सञ्चालन अनुमतिका लागि वडाअध्यक्ष र गाउँपालिकाका अध्यक्षलाई बारम्वार भन्दा पनि सुनुवाई भएन।’ वर्षातमा यहाँका विरामी अस्पतालसम्म लैजान कठिन हुने गरेको छ।
जिल्लाका विकट महावु, टाटीकाँध, नौमुले, भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रसूति गृहदेखि गाउँहरु टाढा हुँदा घरमै सुत्केरी हुने गरेको जनाईएको छ। स्वास्थ्य चौकी टाढा हुँदा डोक्रा गाउँमा घर त के गोठमै सुत्केरी हुने गरेको डरलाग्दो तथ्यांक रहेको हुँदा त्यहाँ प्रसूति गृहका लागि सबै लागेर बनाउनुपर्ने भैरिकालिकाथुम स्वास्थ्य चौकीका इन्जार्ज करुणखर खत्रीले बताए।
घर/गोठमै सुत्केरी हुने गरेको खवर आएकाले डोक्रामा प्रसूति गृह चालु वर्षमै बनाएर सञ्चालन गर्ने आफूहरुको तयारी रहेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।
