एमालेको निष्कर्ष : एमसीसी मुलुकको हितमा छैन
काठमाडौँ। नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको बताएको छ।
आज बसेको एमाले संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको हो।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसदीय दलको बैठकले एमसीसी देशको हितमा नरहेको निष्कर्ष निकालेको जानकारी दिएका हुन्।
