१८ बर्षीय किशोर बने काँग्रेसको वडा उपसभापति
सल्यान । युवाहरुलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ । तर, नेपाली राजनीतिमा भने युवाहरुको सहभागिता खोइ ? भनेर प्रश्न गर्नुपर्ने अबस्था छ। अधिकाँश राजनीतिक दलहरुको वडा तहदेखि जिल्ला तहसम्मै ५० नाघेकाहरुको वर्चश्व भएरहेका बेला काँग्रेसको वडातहहरुमा युवाहरुको सहभागित देखिन थालेको छ।
भदौ १८ गते दैलेखको दुल्लु नगरपालिका –३ मा १९ बर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा सभापतिमा निर्वाचित भईन । जसको सर्वत्र प्रसंशा भयो । समाजिक सञ्जालमा उनको निकै चर्चा परिचर्चा भयो ।
यस्तै सल्यान जिल्लामा पनि वडाकाे उपसभापतिमा १८ बर्षका एक युवा चयन भएका छन् ।
वनगाड कुपिन्डे नगरपालिका –७ को वडा समितिको उपसभापतिमा सोही ठाउँका सुमन केसी निर्वाचित बनेका छन् ।
उनी नेविसंघ र तरुण राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।
