महिला कलाकारको तीज..! (तस्वीरहरु)
आज हरितालिका तीज । यो पर्वमा पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ ।
तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरू अनि मौलिक सङ्गीतहरू हुन् । हरेक वर्ष सयौँ तीजका नयाँ भाकाहरू आउने गर्छन् । तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् ।
रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, बुलाकी, असर्फी लगायतका विभिन्न गहनाहरू अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको सम्झना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन ।
आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँछ ।
तर, कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण त्यत्ति उत्साहपुर्ण वातावरण भने छैन् । तर, पनि महिलाहरुले घरघरमै भएपनि तीज मनाईरहेका छन् ।
यस्तै नेपाली महिला कलाकारहरुले पनि तीजका तस्वीहरु सार्वजनिक गरेका छन् ।
हेर्नूस तस्विरहरु :









तस्वीर : फेसबुकबाट
