उपाध्यक्ष फातिमालाई प्रचण्डले भने –‘राष्ट्रिय सहमति बनाएमा मात्र पास हुन्छ
अमेरिकी सहयोग परियोजना मिलेनीयम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ का उपाध्यक्ष फातिमा सुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेट भर्खरै सकिएको छ ।
प्रचण्डलाई भेटन बिहान ७ स् ४० मा खुमलबाटर पुगेकी फातिमाई प्रचण्डले एमसीसीको विषय नेपालमा राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने प्रतिक्रिया दिएका छन् । प्रचण्डले एमसीसी परियोजनालाई संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने र गठबन्धनमा समेत एक मत बनाने प्रयास गरिने जानकारी गराएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
भेटमा फातिमाले प्रचण्डलाई एमसीसी परियोजना नेपाललाई हानी गर्ने प्रकृतिको परियोजना नभएकाले अगाडी बढाउन आग्रह गरेकी थिइन् ।
उनले एमसीसी परियोजना नेपालमा बहसमा आएको जस्तो नेपालको राष्ट्रिय हित विपरित समेत नभएको र आर्थिक साहायता मात्र भएको प्रचण्डलाई बताएकी थिइन् । फातिमाले बिहिबार एमोलका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ।
