कर्णालीमा आत्महत्या गर्नेको संख्या बढ्दो
सुर्खेत । कर्णालीमा आत्महत्या गर्नेको संख्या वृद्धि हुँदै गएको छ । पारिवारिक झैझगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्थाले आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो । कर्णालीमा गत आर्थिक वर्ष २०७७÷०७८ मा तीन सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ४७ जना बालबालिका रहेका थिए ।
कर्णालीमा आर्थिक वर्ष ०७३र७४ मा ७४ जना, ०७४र७५ मा ९१ जना, ०७५र७६ मा ९३ जना र ०७६र७७ मा एक सय १३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आत्महत्या जनस्वास्थ्यका लागि गम्भीर समस्या भएको र यसको रोकथामका लागि चुनौती थपिँदै गएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
‘आर्थिक वर्ष २०७७र०७८ देशभरका सात हजार एक सय १७ जनाले आत्महत्या गरेका थिए’, उनले भने, ‘त्यसमध्ये कर्णालीका तस्न सय ६२ जनाले आत्महत्या गरेका छन् । यो स्वास्थ्य चुनौतीको विषय हो ।’
कोरोना भएका व्यक्तिहरूलाई विभेदपूर्ण व्यवहार, आफन्त गुमाएका, दीर्घ रोगी, युद्ध वा हिंसा, आघातजन्य घटना, लाञ्छाना परेका, एक्लो जीवन बाँचिरहेका व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा। सुशील समदर्शीले बताए ।
‘
आत्महत्या रोकथाम गर्न सकिने समस्या हो’, उनले भने, ‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूसँग कुरा गर्दा उनीहरुले आफ्नो भावना अरुले बुझिदिएको महसुश गर्छन् ।’
कर्णालीमा प्रदेशमा आत्महत्याका घटना बढ्दै गएको र यसको न्यूनीकरणका लागि सबै जिल्लामा मनोचिकित्सक राख्ने आवश्यक प्रक्रिया अगाडि बढाइने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए ।
‘तीन तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरुको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ’, उनले भने, त्यसको पहल गर्न आवश्यक प्रक्रिया प्रदेश सरकारले ल्याउँछ ।’
