गगन थापाको एमालेलाई कडा जवाफ :चिन्दिन र मान्दिन भनेपछि यो संसद् यसै गरी चल्छ
काठमाडौं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले संसदनै मान्दिन, चिन्दै चिन्दिन भनेपछि कसैसँग संवाद गर्नुको अर्थ नभएको प्रतिक्रिया दिएका छन्।
उनीहरूसँग संवाद गरेर समस्या समाधान नहुने भन्दै थापाले यो भन्दा अरू विकल्प नभएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट बाहिरिँदै गर्दा थापाले यस्तो बताएका हुन्।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैगरी विधेयक पारित गराएको दिनको म स्मरण गराउन चाहन्छु,’ थापाले भने, ‘ऐन, नियम, कानुनले मानेको संसद्लाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद् यसैगरी चल्छ।’
शुक्रवार प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सञ्चालन गरेका थिए।
