जाजरकोटमा चट्याङ लागेर एक किशोरीको मृत्यु
जाजरकोटमा चट्याङ्ग लागेर एक किशोरीको मृत्यु भएको छ।
शनिबार साँझ परेको चट्याङ्ग लागेर बारेकोट गाउँपालिका १ कोटेलीकी १६ वर्षीया सम्झना गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
भान्सा घरमा खाना पकाउँदै गरेको बेला उनलाई चट्याङ्ग लागेको आफन्तले बताएका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
नेपालगञ्जमा बसेर कक्षा १० मा पढ्दै गरेकी उनी तीज मान्न केही दिनअघि मात्रै घर गएकी थिइन्।
