दैलेख: काँग्रेसको जिल्ला सभापतिमा शाहीको उम्मेदवारी, यस्तो छ उनको ‘हिष्ट्री’
दैलेख । यतिबेला नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको रौनक केन्द्रदेखि स्थानीयतहसम्म छाएको छ।
१४ औँ महाधिवेशनमा काँग्रेसमा आवद्ध नेता कार्यकर्ताहरुले पार्टीका विभिन्न जिम्मेवारीका लागि उम्मेदवारी घोषाणा गर्ने क्रम पनि चलिरहेको छ ।
दैलेखमा काँग्रेसको वडाअधिवेशन सम्पन्न भएको छ भने अब जिल्ला सभापति, क्षेत्रीय सभापति लगाएतमा उम्मेदवारी दिन शुरु भएको छ।
जस अनुसार दैलेखको पार्टी सभापतिका लागि भुपेन्द्रबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन। वर्तमान पार्टी सचिव समेत रहेका उनीले आइतबार सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका उनी लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय छन् ।
यस्तो छ उनको ‘हिष्ट्री’
लामो समयदेखि काँग्रेसको राजनीतिमा लागेका शाही पश्चिम दैलेखको आठबीस नगरपालिका – ८ तिलेपाटामा बुवा शेरबहादुर शाही र आमा जलादेवी शाहीका ४ भाइ छोराहरु मध्ये जेष्ठ पुत्र हुन ।
उनले ८ कक्षा सम्म गाउकै कालिका माध्यमिक विद्यालय तिलेपाटा बाट अध्य्यन गरे । कक्षा ९ देखि बी.ए (ब्याचलर पास ) भारतको हैद्राबाद साजन विद्या मन्दिरबाट २०४७ सालमा उतिर्ण गरे ।
२०४९ सालमा कालिका माध्यमिक विद्यालयमा उनी शिक्षक समेत बने । उनी शिक्षण पेशा संगै नेपाली काङ्ग्रेस तिलेपाटा गाउँ कार्यसमितिको सचिवको जिम्मेवारी सम्हालेर पार्टीको संगठन बिस्तारमा सक्रिय रुपमा लागे ।
उनी विद्यार्थी उमेरदेखिनै राजनीतिमा आस्था राख्थे । उनले २०४६ सालमा नेपाली काँग्रेसकोा पार्टी सदस्यता लिएका हुन् । उनी १० बर्ष सशस्त्र द्धन्द्धको समयमा पनि काँग्रेसको राजनीतिमा अडिग भयर लागेका नेताका रुपमा चिनिन्छन् ।
२०५७ साल मंसिर ११ गते भएको १० औ महाअधिवेशनमा महाधिवेशन प्रतिनिधि भएर सहभागी हुन जाने क्रममा ठाटीकाँधका आग्र गाउँमा नेकपा माओवादीहरुले पार्टी छोडन दबाव दिएका थिए । उनी २०५१ शिक्षण पेशाबाट राजीनामा दियर काँग्रेसको सक्रिय राजनीतिमा लागेका हुन।
शाही पार्टीको १० औ महाधिवेशनमा ११ नम्बर इकाईका सभापति,११ औ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १२ औ महाधिवेशनमा निर्विरोध जिल्ला कार्यसमिति सचिवमा निर्वाचित भए ।
१२ औँ महाधिवेशनमा सचिव पदको जिम्मेवारी सम्हालेर जिल्लाभर पार्टीका गतिविधि सक्रिय भएर सबै कार्यकर्ताको मन जितेका शाहीले १३ औ महाधिवेशनमा पनि पुनः सचिव पदमा नै जिते ।
