अवरोधका बीच विनियोजन विधेयक बहुमतले पारित
संसदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बिनीयोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए।
नेकपा एमालेका सांसदहरुको अवरोधका बीच संसद बैठक सुरु भएको छ । तर, एमालेका सांसदरुले संसदीय मर्यादा पालना गर भन्दै नाराबाजी गरिरहेका छन्।
