नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण
२०७२ को भूकम्पपछि नेपालमा देखिन थालेको स्क्रब टाइफस रोग यस वर्ष ५० जनामा देखिसकेको छ। एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने यस रोगको लक्षण कोरोना संक्रमणसँग मिल्दो जुल्दो हुने चिकित्सकहरू बताउँछन्। ज्वरो, शरीर दुख्ने नै यसको मुख्य लक्षण हो।
ज्वरोको कारण नखुलेका र कोरोना संक्रमण नेगेटिभ देखिएका सबै व्यक्तिहरूले स्क्रब टाइफसको परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह पनि गरेको छ। वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउछन्। उनका अनुसार यस वर्ष मृत्यु भएकामध्ये १६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ। जसमध्ये पाल्पामा सबैभन्दा बढी चार जना मृत्यु भएका व्यक्तिमा स्क्रब टाइफस पोजेटिभ देखिएको प्रवक्ता डा.अधिकारीको भनाइ छ।
उनका अनुसार चितवन र कैलालीमा मृत्यु भएकाहरूमा पनि संक्रमण देखिएको छ। नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण, मृत्यु भएका १६ जना संक्रमित रहेको पुष्टिस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल स्क्रब टाइफसको औषधि सहज रूपमा पाइने र परीक्षण पनि सहज भएकाले ज्वरो र ज्यान दुख्ने लक्षण भएका बिरामीहरूमा कोभिड–१९ नदेखिए स्क्रब टाइफसको पनि परीक्षण गर्न उनले आग्रह गरे। पछिल्लो समय यो रोगका संक्रमित बढ्न थालेसँगै मन्त्रालयले पनि सजग रहन सचेत गराएको छ। ज्वरोका कारणहरू खोज्ने क्रममा यस रोगको पनि परीक्षणको सिफारिस गर्न उनले स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे।
