शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्छः मन्त्री भुषाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताएकी छन् ।
मन्त्री भुषालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन्।
अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उाले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन्।
मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो ।
