विचारको राजनीतिले समाज परिवर्तन गर्नुपर्छ: पञ्चा सिंह
धनुषा । अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले अब बन्दुकबाट नभई विचारको राजनीतिले समाज परिवर्तन गनुपर्ने बताएकी छिन् ।
बिहीबार धुनषामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले भनिन् ,‘माओवादी अध्यक्ष प्रचण्डले जस्तो अब बन्दुक बोक्नुप्रर्दैन् । हामिले अहिले समाज परिवर्तन गर्नको लागि विचारको परिर्वतन गर्नुपर्छ ।’
म कर्णाली प्रदेशकी चेली । मधेसको पीडा र कर्णाली प्रदेशको पीडा यउटै छ,’उनले भनिन्,‘ फरक भुगोलको मात्र छ । अहिले पनि दाइजोको नाममा , चेली बेटि बेचबिखन , घरेलु हिंसा भैईरहेको छ। यसलाई रोख्न हामी विद्यार्थी संगठन एकबद्ध हुन आवाश्यक छ।’
उनले प्रदेश सरकारले ल्याएको ‘वेटी बचाउ वेटी पढाउ’ कार्यक्रमको प्रसंशा गर्दै यो अभियान अभियानमा मात्र सिमित नराख्न अनुरोध समेत गरिन् ।
उनले भनिन्,‘ अभियान कमाईखाने भाँडो भएको छ । त्यस्तो हुनुहुँदैन् । यस्ता खालका कार्यक्रमहरुको कार्यान्वयनका लागि विद्यार्थी संगठनहरुले एकबद्ध भयर आवाज उठाउनुपर्छ।’
साथै उनले अखिल क्रान्तिकारीले छोरो मात्र होइन छोरीले पनि नेतृत्व गर्नुपर्ने बताइन्।