देउवाको सन्देश लियर ओली भेट्न बालकोट पुगे कानुनमन्त्री कार्की
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्की एमाले अध्यक्ष कार्कीलाई भेट्न बालकोट पुगेका हुन्।
कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन्।
संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ। सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका छ।
मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ। एमालले सभामुख अग्नि सापकोटाले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ।
