नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा कर्णालीका प्रकाश ज्वाला
सुर्खेत । नेकपा एकीकृत समाजवादीको उपमहासचिमा प्रकाश ज्वाला चयन भएका छन्।
कर्णाली प्रदेशका पुर्व सांसद समेत रहेका ज्वालालाई बुधबार बसेको एसको बैठकले उपमहासचिवमा चयन गरेको हो ।
कर्णालीमा ओली पक्षीय एमाले नेताहरुसँग विद्रोह गरेका उनले फ्लोर क्रस गरेर माओवादीको सरकार बाचाईदिएका थिए ।
त्यसपछि ज्वाला एमालेबाट निष्काशनमा परी सांसदबाट पदमुक्त भए । उनी एकीकृत समाजवादीको कर्णाली प्रदेश इञ्चार्ज समेत हुन्।
नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डेसहित ४ जना चयन भएका छन् । महासचिवमा वेदुराम भुसाल चयन भएका छन भने सचिवमा रामकुमारी झाँक्री चयन भइन् ।
नेकपा एसको अन्तरिम विधान अनुसार राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई उपाध्यक्ष चयन भए ।
