आजको पञ्चाङ्ग एवम् राशिफल
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं.२०७८ आश्विन ८ गते शुक्रबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २४ तारिख आश्विन कृष्णपक्ष तृतीया तिथि ७ः२० पर चतुर्थी तिथि अश्विनी नक्षत्र ९ः२० पर भरणी नक्षत्र व्याघ्यात योग बब करण आनन्दादिमा बज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ । चतुर्थी श्राद्ध, इन्द्रध्वजपातन ।
आजको राशिफल
मेष – ब्यस्तता बढ्नेछ । विशेष परिश्रमपछि मात्र कार्य सफलता मिल्ला, तथापि मनोकुलको काम बन्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन मिल्नेछ । विलासमा आकर्षण बढ्नेछ । दौडधुपले आयस्रोत बढाउला ।
वृष – दिन शुभ र सफलतादायक रहला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । दाम्पत्यसुख प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजनको स्वाद लिन पाउनुहुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहससम्बन्धित काममा सफलता मिल्ला । सुख सम्पति बृद्धि होला । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।
कर्कट – विवादबाट बच्नुहोला । आरोग्य वृद्धि हुनेछ । समृद्धि हासिल हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । धर्मकर्ममा रुचि बढ्ला । दौडधुप बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।
सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति विजय प्राप्त होला । काममा विजय प्राप्त होला । समस्या समाधान हुनेछ ।
कन्या – रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।
तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलबिबेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय अनुकूल र फलदायक हुँदै गएको छ । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नुहोला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति हुनेछ । विलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आवागमन भैरहनेछ । भागदौडमा वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । बहस र विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि बढाउनु लाभकारी होला ।
मकर – आशा उत्साह बढ्नेछ । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।
मीन – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद रभ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । पराक्रम बढ्नेछ ।
