अमेरिकाको संसद भवनमा आक्रमण : ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता
एजेन्सी। अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरुमाथि मुद्धा दर्ता भएको छ।
गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए।
उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए।यस घटनाको छानविन गर्न बनाइएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको छ।
यी चारैजना पूर्वराष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका छन्। तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेल निशानामा परेका हुन्।
उनीहरुमाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाईएको छ। चारै जनासँग बयान लिन छानविन सतिमिले यही अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ।
