नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले यस्तो बताएका हुन्।
विश्वको औसत तापक्रम वृद्धिदर १ दशमल ५ डिग्री सेल्सियस सीमित राख्न त्यही रुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने अपेक्षा देउवाको छ।
प्रधानमन्त्री देउवाले जलविद्युत, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे।
