Skip to main content

काँग्रेस अधिवशेन : दैलेखका पाँच पालिकामा देउवा पक्ष विजयी


सुर्खेत । दैलेखका पाँच वटा स्थानीयतहमा देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ।


१३ औँ महाधिवेशनको निर्वाचन परिणाम अनुसार ११ स्थानीयतह मध्ये पाँच पालिकामा देउवा पक्ष अगाडी आएको हो ।


पाँच पालिका मध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । उनी दुल्लू नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन्।
उनलाई सभापतिमा अगाडी ल्याउन दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारीको भरपुर सहयोग रहेको देखिन्छ ।


किनकी भण्डारी संस्थापन पक्षबाट जिल्ला सभापतिका दाबेदार उम्मेदवार हुन्। यस्तै जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन् । उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन ।


नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन् ।


डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई पराजित गरेका हुन ।
अन्य पालिकाको मतपरिणाम आइतबार बेलुका सम्म आईपुग्ने बताइएको छ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: