हजुरवुवालाई चुनावमा हराएर सभापति बने नाती
। नेपाली कांग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनौटको लागि निर्वाचन सुरु भएको छ । यो क्रममा धेरै जिल्ला र क्षेत्रमा अनौठो घटना भएका छन् । राजनीतिक रुपमा केन्द्रमा रहेका नेताहरु वडामै प्रतिनिधि छनौटमा पराजित भएका छन् । कञ्चनपुरको बेलडाँडीमा अर्को फरक घटना भएको छ । जहाँ हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।
गाउँ(नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका छन् । ३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए। उनी आफ्नै बुवाको बुवा नभएपनि १३ दिने जुठो लाग्ने हजुरवुवा भएको गजबहादुरले बताएका छन् ।
