आफु बिग्रिएको प्रचण्डको स्वीकारोक्ती
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टीको नेतृत्व गर्ने नेताहरुले बिग्रिएको स्वीकारोक्ती गरेका छन्।
अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने,‘ बिग्रेको हामी नेता हो कार्यकर्ता होइन्। हामी अबसरवादी होइन हामी जनताको भलाइको अबसरहरु खोजिरहेका छौँ।’
अध्यक्ष प्रचण्डले अब हतियार उठायर समाज परिवर्तन नहुने पनि बताए । उनले भने ,‘ हामी अब अब रङ्गिन तरिकाले समाज परिर्वतको लागि अघि बढ्छौँ ।’
अब आगामी चुनावको लागि रुपैयाँ पैसाले होइन् ईथिक्सले लड्नुपर्छ,‘ उनले भने ,‘ पुस १ १, १२,१३ गते राष्ट्रिय सम्मेलन हुने र २०% युवाहरु केन्द्रीय सदस्यतामा ल्याउने तयारी छ ।’
कार्यक्रममा बोल्दा बोल्दै भावुक बनेका प्रचण्ले समाजवादी क्रान्तिको बारेमा पनि चर्चा गर्न भ्याए । उनले भने ,‘हामी सामाजवादी क्रान्तिको निम्ति सानो तरिका र प्रयासले हुँदैन्, त्यसका लागि निकै संघर्ष गर्नुपर्छ।’
