संखुवासभाको कांग्रेस सभापतिमा खड्का विजयी
नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का विजयी भएका छन्। सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो। कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे। यस्तै उपसभापतिमा रामकुमार जिमी ९९१६०, अनन्त गौली ९६७००, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
खड्का संस्थापनइतर समूहका नेता हुन्। उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए। कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ।
मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो।
दोलखामा सोमबार सभापती पदका लागि दोश्रो चरणको चुनाव हुदैछ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछी दोश्रो चरणमा चुनान हुन लागेको हो। दोलखामा सभापति पदका लागि चार जना उम्मेदवार थिए।
