कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे सशस्त्र प्रहरी बल अस्पतालले जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी अस्पतालले नेता खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड-१९ निमोनियाका लागि उपचाररत रहनुभएको जनाएको छ ।
अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।
