जुम्लामा गोठमा आगलागी हुँदा २५ भेडा मरे
जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् ।
स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको जानकारी दिए ।
चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए ।
