वुद्ध एयरले सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट
काठमाडौंबाट सुर्खेत आएको वुद्ध एयर सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो । आज विहान सवा ९ बजेतिर सुर्खेत आएको विमान सुर्खेती आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ ।
विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको बताईएको छ ।विमानमा भने केही समस्या छैन् काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड सकेन् । मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड गरिने बताईएको छ ।
