देउवाले बनाएनन् उपप्रधानमन्त्री, बालकृष्ण खाण दोस्रो बरियतामा
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।
झन्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। देउवाले यसपालि उपप्रधानमन्त्री कसैलाई पनि बनाएनन्।
उपप्रधानमन्त्री हुन नपाउने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएका छैनन्।
प्रधानमन्त्री देउवापछि बरियताक्रममा दोस्रो नम्बरमा गृहमन्त्री बालकृष्ण खाणको नाम छ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चार जनासम्म उपप्रधानमन्त्री थिए। त्यसबेला ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ, राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाइएको थियो।
यसअघि पनि २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा छ जनासम्म उपप्रधानमन्त्री बनाइएको थियो।
