मुगु बस दुर्घटना : मृत्यु हुनेहरु अधिकांश दसैँमा घर फर्किएका विद्यार्थी
बसको टायर पङ्चर हुँदा दुर्घटना : प्रहरी
नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो ।
दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु अधिकांश दसैँ बिदामा घर आएका काठमाडौँलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने विद्यार्थी रहेका बताइएको छ ।
मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी रहेको छ । प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमै
मृतकको नाम र ठेगाना
१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं ७
२) मृतक लग्न सेजुवालका दुई बर्षिय छोरा
३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०
४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०
५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८
६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८
७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका वडा नं १२
८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२
९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका वडा नं ३
१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका वडा नं १
१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,
१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१५) बर्षिय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११
१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५
१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५
८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८
२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ
२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १
२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का
२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८
२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८
३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४
३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८
३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा
-मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शवपरीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए ।