मिनिबस दुर्घटना:२ काे मृत्यु ९ घाइते
सुर्खेत — बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ९ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका १ की २९ वर्षीया शान्ता आचार्य ( थापा ) र दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ११ का १८ बर्षिय सुशील रावत हुन् भने ९ जना घाईते भई सुर्खेतमा उपचार भईरहेकाे जिल्ला ट्राफिक कार्यलय सुर्खेत ले जानकारी दिएकाे छ ।
थप विवरण आउन बाकी!
