आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा सामान्य बदली गण्डकी र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।
आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश न २ का थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश न २ का थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा प्रदेश न १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
