जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड
भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ।
कश्मिरबाट सय किलोमिटर टाढा सरनकोटस्थित एक गाउँमा आतंकबादी समूहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो।
अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको हो।
गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ।
-एजेन्सी
