पहिरोमा परेर युवतीको मृत्यु
कालिकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।
पहिरोले महाबै गाउँपालिका–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो।
गए राति पहिरोले स्थानीय विष्णुलाल अधिकारीको घरमा क्षति पुर्याएको थियो। अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको र अर्की ११ वर्षकी छोरीको भने उद्धार गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी आज बिहानै घटनास्थल पुगेका छन्।
