कर्णालीमा बर्षा: कालिकोटमा घर भत्किँदा एकको मृत्यु, २५० सय बढी नागरिकलाई सुरक्षीत स्थानमा सारियो, कर्णाली राजमार्ग तीन ठाउँमा अवरुद्ध
सुर्खेत । आइतबार बेलुकीदेखिको निरन्तर बर्षाका कारण विभिन्न ठाउँमा क्षती भईरहेको छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुससार बर्षाका कारण कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरोले अवरुद्ध हुनुका साथै कालिकोटमा एक जनाको मृत्यु भएकोछ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार अविरल बर्षाका कारण कालिकोटको महावै गाउँपादिलका –७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर भत्किइको छ।
मंगलबार बिहान ५ः३० बजेको समयमा घरमाथिबाट पहिरो आई घर भत्किदा उिनकी १८ बर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।
साथै उनकै ११ बर्षकी छोरी यूनिषा अधिकारीको दाईने खुट्टा च्यापियको अवस्थामा प्रहरी र स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बिष्णुलाल अधिकारीको चौपाय गाई २ वटा र बाख्रा २ वटा मृत्यु भएको छ।
यस्तै अन्य घरहरु पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। अविरल बर्षा जारी रहेको र १०÷१२ वटा घर अझै जोखिममा रहेकोले घरको सामान र मानिसहरु सुरक्षीत स्थानमा सार्नेकाम भईरहेको छ ।
केहीबेर अघि (१०ः३०) बजेको समयमा ६० घर परिवारका २ सय ५० जना नागरिकलाई सोही ठाउँको राम माद्यमिक राम्नी र स्वास्थ्य चौकी राम्नीमा सुरक्षित राखिएको छ ।
अहिले ११ः०० बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको, रेडक्रस र स्वास्थ्यको सयुक्त टोली आवश्यक राहतको सामाग्री तथा औषधी लगि उक्त स्थान तर्फ गएको श्रेष्ठले जानकारी दिए ।
कर्णाली राजमार्ग तीन ठाउँमा अवरुद्ध
श्रेष्ठका अनुसार कर्णाली राजमार्गको दैलेखको राकमखण्ड अन्तर्गत खड्किीजिउला, घट्टे खोला र साउनी खोलीमा पहिरो आयर सडक अवरुद्ध भएको छ।
राजमार्ग खुलाउनका लागि डोजरहरु त्यहाँ पु¥याउने प्रयास भईरहेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
दसैं मनायर प्रदेश राजधानी वीरेन्द्रनगर फर्कीने र कालिकोट, जुम्ला जाने यात्रुहरु बीचबाटोमा अलपत्र परेका छन् ।
कर्णाली नदीले एउटा फेरी बगायो
प्रहरीका अनुसार अबिरल बर्षाका कारण वर्षाका कर्णाली नदीको बहाव बढेपछि कालिकोटको जितेगडामा रहेको एउटा फेरी बगाएको छ।
कर्णाली नदीमा वारपार गर्न राखिएको फेरी मंगलबार बिहान बगाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उक्त, फेरी कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरु कर्णाली पारी जान र वारी आउन सहजताका लागि कर्णाली नदीमा फेरि सञ्चालनमा ल्याइएको थियो ।
