कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो, बिहानदेखि सडक अवरूद्ध
तीन दिनदेखि जारी वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।
दुई ठाउँमा पहिरो खसेपछि राजमार्गको दैलेख खण्ड मंगलबार बिहानैदेखि अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दैलेखमा पर्ने खिड्कीज्युला र घट्टेखोलामा पहिरो खसेका छन्।
सडक अवरूद्ध हुँदा सुर्खेतबाट जाने र सुर्खेत आउने यातायातका साधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
