कर्णाली नदीमा माछा मार्न गएका तीन जनाकाे दुई दिनपछि सकुशल उद्धार
कैलालीमा माछा मार्न गएका तीन जना दुई दिनपछि सकुशल भेटिएका छन् । १ कात्तिक दिउँसो ४ बजे माछा मार्न कर्णाली नदीमा गएका उनीहरू सम्पर्कविहीन भएका थिए ।
लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ६१ वर्षीय खड्कबहादुर घर्ती मगर, ३५ वर्षीय बिक्रम घर्ती मगर र २६ वर्षका खड्क डाला मगर सम्पर्कविहीन भएका थिए ।
स्थानीयहरूको टोलीले कैलालीको जानकी गाउँपालिका वडा न ९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटियामा उनीहरूलाई फेला पारेकाे हाे ।
टापुमा फेला परेका तीनै जनाकाे आज सकुशल उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए
