जुम्लामा शताब्दीकै ठूलो भेलबाढी
जुम्ला तिला गाउँपालिका ४ रावतबाडाकी ७८ वर्षीया चन्द्रकला योगीले अहिलेसम्म भेरीखोला नदिमा यति ठुलो भेलबाढी आएको देखिनन्। स–साना खहरले खोलामा बाढी आउदा सामान्य क्षति पुगेको पटक पटक देखिन्। सामान्यरुपमा खेतियोग्य जमिन बाढीले बगाएको, धान पुरेको देखेको थिएँ, उनले भनिन्,‘अहिलेसम्म यत्रो ठुलो भेलबाढी आएको कहिल्यै देखिन। मेरो जीवनकालमा यो पटक आएको भेलबाढीले जनजीवन नै तहसनहस बनाएको पहिलो पटक देखेँ। किसान सुकुम्बासी नै बनेँ। ’
१९८४ सालमा भेरीखोलामा सबैभन्दा ठुलो भेलबाढी आउँदा ठूलो क्षति पुगेको सुनेको थिए। देखेको थिइन। उनले भनिन्,‘यो पटकको भेलबाढीको प्रत्यक्षदर्शी बनेँ। यो भेलले घर बगायो। खेत कटान गरेर धानखेति लियो। पुलपुलेसा,घट्ट,मिल सबै बगायो। जनजीवन अस्तव्यस्त बनायो। मानव जीवन नै संकटमा पार्यो। ’
उनका अनुुसार यो भेलबाढी १९८४ साल पछिको सबैभन्दा ठुलो भेलबाढी हो। उतिबेलाको भेलबाढीले पनि मानवीय क्षेति भएन। यो पटक पनि मानवीय क्षति त भएन। तर भोकमरी निम्त्याएको छ। उतिबेलाको तुलनामा यो भेलबाढी दोब्बर नै हो। ’
२०२८ साल असार १२ को भेरीखोला मिसिने कोटखोला र पिठारीखोलामा बाढी आयो। कुलापाटा जीउलोमा लगाएको धान बगायो। तर खेत नै कटान गरेन। यो बाढी जाँदा तिला गाउँपालिका ४ का रत्नप्रसाद उपाध्याय ८ वर्षका थिए। उनले भने,‘बाढी आयो। बाढी पन्छाएर फेरी खेति गर्न सुरु भयो। त्यसपछि जनजीवन सामान्य बन्दै गएको थियो। अहिले फेरी जनजीवन अस्तव्यस्त हुने गरेर भेरीखोलामा बाढी आइपुग्यो। धेरैका गाँस खोसेको छ। केहीका बास पनि भत्कायो। बगाएर विस्थापित बनाइसक्यो। ’
२०३२ साल भदौ २७ गते नुवाकोट गाउँनजिकैको भाडखोलामा बाढी आयो। सिम जीउलो,भिडमुनी र कुलदेउ जीउलोमा धान फाल्यो। धान पुरेको थियो तर कटान गरेर खेत नै बगाएको थिएन। किसानले मेहनतका साथ लगाएको धान त लियो। तर जमिन लिएन। पछिल्लो समय निरन्तर त्यो जमिनमा प्लट बनाएर धान खेति भइरहेको थियो। रत्नप्रसादले १९८४ सालको बाढीको कथा बुढापाकाबाट सुनेका थिए। त्यो बेला खानेपानी,घट्ट,घर,पशुवस्तु बगेका थिए। उनले भने,‘तर मानवको क्षति भएन। ’
झण्डै शताब्दी पुग्न लाग्दा अर्को ठुलो विपत्ती आइपरेको उनी बताउँछन्। यो बाढी जुम्ला जाजरकोट पाटन देखि आएको हो। ५६ बर्षिय चक्रबहादुर शाही जीवनकालमा यत्रो मानवलाइ संकट पार्नै बाढी नआएको अनुभव सुनाउँछन्। उनका अनुसार खेत पुर्ने बाढी पटक पटक आयो। तर खेत कटान गरेर बगाउने बाढी कहिल्यै आएन। उनले भने,‘मानवीय कमजोरीका कारण यो बाढी आएर क्षति पुगेको हो।’ साउन भदौ महिनामा अत्यधिक बर्षा हुदा बाढी पहिरो आउने गथ्र्यो। यो पटक कात्तिक महिनामा बाढी आउने गरि वर्षा भयो।
यतिबेलाको वर्षाले गिडीगंगा नदि र भेरीखोला नदिमा बाढी आएको हो। तीब्र जनसंख्याबृद्धि संगै बनजंगलको बिनास हुनु, विकासमा नाममा खोला,खाल्सीमा डोजर प्रयोग गर्नुले पनि बाढी निम्तिएको उनी बताउँछन। उनले भने,‘यो प्रकृतिमाथि मानवले गरेको दमनको प्रतिवाद हो। यो बाढीले बनजंगलको संरक्षण गर्नु पर्ने सन्देश छोड्यो। ’
नदिमा नदिजन्य बस्तुको जथभावी उत्खनन गर्नुले पनि बाढी आएको उनले बताए। यो पटक जिल्लाको हिमा,तिला,जवा नदिनमा पनि बाढी आयो तर भेरीखोला नदिनको भन्दा ठूलो भेलबाढी कहिल्यै आएन। ‘
अहिले अधिकांस खेत कटान भइसकेका छन्। केही खेतमा रोपिएका धान पुरेर सोत्तर भइसकेका छन्। बाँकी रहेका खेतका धान निथु्रक्क भिजेका छन्। बाटोघाटो भत्किएका छन्। पुलपुलेसा बगेका छन्। विद्युत गृहमा पहिरो गएको छ। विद्युत नहर बगाएर निकासा समेत छैन। ’
मानवीय कमजोरीका कारण जलवायुमा निकै हलचल आएको छ। जसको परिणाम कुबेला पानी पर्ने देखि लिएर बाढी,पहिरो जाने र क्षति गर्ने अवस्थाको सिर्जना भइरहेको छ।Nagarik
