सुर्खेत विमानस्थलमा देउवाको आधाघण्टा : बाढीपहिरो र जलवायु परिवर्तनबारे यसो भने
सुर्खेत । गत आइतबारदेखिको निरन्तर बर्षाका कारण विभिन्न ठाउँमा मानविय क्षती हुनका साथै खाद्यान्न बालीमा समेत क्षती पुगेकोछ ।
कर्णाली लगायत देशैभरी बर्षाले जनजिवन प्रभावित पा¥यो भने थुप्रै बस्तीहरुसमेत प्रभावित बने ।
यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षणका निस्किएका छन् ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा आईपुगेका देउवाले आधाघण्डा समय विताएका थिए । त्यसक्रममा उनले बाढीपहिरो प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरे । त्यो भन्दा पहिला देशैभरको क्षतीको तथ्याङ्क संकलन गर्ने कामलाई सकाउनुपर्ने छ ।
प्रधामन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुरक्षा अंगका प्रमुखबाट कर्णालीमा बाढी–पहिरोले पु¥याएको क्षतिका विषयमा जानकारी लिएका छन् ।
बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको सुनाउँदै उनले भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने जानकारी गराएका थिए ।
बाढीपहिरोका कारण भएको पुननिर्माणको काम पनि तत्कालै अघि बढाइने उनको भनाई थियो ।यस्तै प्रम देउवाले कृषकले बाली थन्क्याउने बेला आएको बाढीपहिरोले ठूलो क्षति पु¥याएको बताउँदै त्यसको मूल्याङ्कन गरेर कृषकलाई पनि राहत दिइने बताएका थिए ।
साथै उनले नेपालमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्यामा बारेमा संयुक्त राष्ट्रसंघीय जलवायू परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको धारणा राख्ने बताएका छन् । उक्त, सम्मेलन कात्तिक तेस्रो साता हुनेछ।
