दैलेखको बिजारेमा जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
दैलेख । पश्चिम दैलेखको बिजारेमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी प्रतियोगिता हुने भएको छ।
लेक बेसी एकता समाज ठाटीकाँध गाउँपालिकाको आयोजनामा यही कार्तिक १०–२० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।
विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोगमा उक्त, प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विजेता हुनेले हुनेले ४१ हजार १११ र उप–विजेताले ३१ हजार १११ रुपैंया पुरस्कार सहित ट्रफि र प्रमाणपत्र पाउने लेक बेसी एकता समाजका अध्यक्षल भक्तबहादुर रोकायाले जानकारी दिए ।
साथै प्रतियोगितामा ‘म्यान अफ द म्याज’ र ‘म्यान अफ द सिरिज’ हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए।
