वीरेन्द्रनगरबाट लागु औषध सहित एक जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ बर्षीया खिम बहादुर बुढालाई पक्राउ गरेको हो ।
शनिबार बिहान ८ः३० बजेको समयमा उनी सोही स्थानको एक नास्ता पसलभित्र शंकास्पद रुपमा बसिरहेको अबस्थामा प्रहरीले छापा हानेको थियो ।
शरीर खानतलासी गर्दा उनजको लगाएको ज्याकेटको दाहिने खल्तीमा कागज भित्र एक पुडिया लागू औषध ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकोछ ।
साथै उनले लगायको पाईन्टको खल्तीमा विभिन्न दरका नेपाली नोट १२ हजार ४५० बरामद गरिएको प्रहरीले बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘ ती व्यक्तिकोे घर खानतलासी गर्दा घरको कोठा भित्र टि.भि. राख्ने ¥याक माथी कालो प्लाष्टिक र सेतो कागजको दुई वटा पोका लुकाई छिपाई राखेको पनि पत्ता लाग्यो । नापतौल गर्दा प्लाष्टिक सहित ९ ग्राम ९४० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ८ ग्राम ७३० मिलिग्राम लागु औषध भेटिएको थियो ।’
