जिप दुर्घटना : ६ जना घाइते
सल्यानमा जिप दुर्घटना हुदा ६ जना घाइते भएका छन । आज बिहान साँढे ७ बजेको समयमा जिल्लाको कपुरकोट गाउपालिका ३ मुलपानि स्थित दाङ सल्यान सडक खण्ड अन्तर्गतको राप्ति राजमार्गमा थारमारे बाट दाङ तर्फ जादै गरेको भे.१.च.१८९० नंम्बरको डबल क्याप जिप दुर्घटना भएको हो । जिप सडक बाट अन्दाजि १०० मिटर तल खसेको छ । घाइतेहरुको उद्वार गरेर उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
