ओलीले गरे एमालेको पालिका अधिवेशनको उद्घाटन
नेकपा एमालेको देशव्यापी पालिका अधिवेशन उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशभरीकै ७ सय ५३ वटा पालिकामा एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्।
भर्चुअल माध्यमबाट एकैसाथ पालिका अधिवेशन सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्।
