जाजरकोटमा एक सय ९० रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट
जाजरकोट प्रहरीले १ सय ९० रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा १ सय ९० रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको हो ।
विभिन्न स्थानमा अवैध गाँजा खेती भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा नलगाड नगरपालिका ३ स्थित द्वारे,डिम्रेनि र काँक्रेमेला लगायतका स्थानमा ३५ रोपनी जग्गाको अवैध गाँजा नष्ट गरिएको छ भने छेडागाड नगरपालिका १२ र १३ मा पर्ने चैते, टाकुरा, काँडासोती,मेलचौर,सोतीचौर, माजगाउँ लगायतका स्थान बाट १५५ रोपनी जग्गामा रहेको अवैध गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी चौकी पाँचकाटिया र ईलाका प्रहरी कार्यालय वडावन बाट खटिएको टोलीले अवैध गाँजाका बोटहरु नष्ट गरेको हो ।
