एमाले वडाअधिवेशन: वीरेन्द्रनगरका सबै वडामा सर्वसम्मत नेतृत्व चयन्
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका ११ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
विभिन्न कार्यक्रम गर्दै यी वडाहरुमा अधिवेशन सम्पन्न गरिएको हो । जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ को अध्यक्षमा हरी पौडेल, २ मा लालसिंह सुनार, ४ नवराज कँडेल, ५ बासु आचार्य, ६ चक्र खड्का , ७ मा खड्ग दर्लामी, ८मा देवी पौडेल, ९ मा धनबहादुर सलामीलाई चयन गरिएको छ।
यस्तै १२ नम्बर वडाको अध्यक्षमा चुडामणी चपाइँ,१३ मा बासुदेव पौडेल र १४ मा नवराज रोकाय अध्यक्ष बनेका छन् ।
