सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन्।
कुमाख गाउँपालिका– २ धाव पानिखोला, सल्लिबजारदेखि रुकुम चौरजहारी जाने सडकखण्डमा जीप दुर्घटना भएको हाे । बिहान ९ बजेको समयमा सल्यान मर्मपरिकाडाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ९३० नंको जीप दुर्घटना हुदा १२ जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएकाे छ ।
जिप सडकबाट ६० मिटर तल खसेको छ । दुर्घटना भएको खबर प्राप्त हुन साथ अस्थायी प्रहरी पोष्ट नेटाबाट प्रसनि नरबहादुर केसीको नेतृत्वको ५ जनाको टोली खटेर जीपमा सवार १२ जनालाई उद्दार गरेर उपचारका लागि सल्लिबजारजारतर्फ पठाइएको छ । चालक लालबहादुर बुढा प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
घाइते हुनेमा चालक बनगाड कुपिण्डे नगरपालिका –४ बस्ने २४ वर्षका लालबहादुर बुढा, कुमाख गाउँपालिका– २ बस्ने ३३ वर्षका पुर्णबहादुर बुढा, सोही क्षेत्रका वडा–१ बस्ने २९ वर्षका विशाल विक, २० वर्षका ईन्द्र बहादुर चन्द समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, कुमाख गाउँपालिका–२ बस्ने ३६ वर्षका वुद्दि थापा, २१ वर्षीय दुर्गा खत्री, ३२ वर्षीय लोकमाया पुनको अवस्था भने गम्भीर रहेको छ । यस्तै बनगाढ कुपिण्डे नगरपालिका – ४ बस्ने बर्ष २९को पिपर बुढा ,सिद्ध कमाख गाउँपालिका–४ बस्ने वर्ष २१ को दिल बहादुर चलाउने र उनी श्रीमती २० वर्षीय दुर्गा चलाउने, छोरा वर्ष २ को प्रशान्त चलाउने, जिल्ला कैलाली लम्कीचुवा नगरपालिका– ३ बस्ने बर्ष २८ को देवबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।
