सहरी विकास मन्त्री झाँक्री अस्वस्थ, अस्पताल भर्ना
सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।
मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्।
बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले सेतोपाटीलाई जानकारी दियो।
स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।
