कहिले फर्किएलान देउता ?
दैलेख । जिल्लाको महाबु गाउँपालिका –५ जगनाथ महावै मन्दिरको मुर्ति ५० बर्षदेखी जिल्ला प्रशासन कार्यालयमा रहेको छ । मुर्ति चोरिने डर मुर्ति ५० बर्षदेखी जिल्ला प्रशासन कार्यालय रहेको हो । विगत लामो समयदेखी फलामको बाकसमा राखिएको मुर्तिलाई यसपाली दशै देखी प्रशासनको छुट्टै कोठामा राखेर आजपुजा गर्न थालिएको छ ।२०२८ सालमा एक स्थानीयले मुर्ति चोरी गरि भारत पु¥याएपछि घरमा परिवारमा सन्चो नहुँदा धामी झाँक्री गर्दा मुर्ति चोरीको फिर्ता दिए मात्र सन्चो हुने भनेपछि मुर्ति फिर्ता भएको स्थानीय टोपबहादुर शाहीले बताए । फिर्ता ल्याईएको बहुमूल्य अष्टधातुबाट निर्मित मुर्ति पुनः चोरी हुने आशंकाले ५० वर्ष अगाडी देखी जिल्ला प्रशासन कार्यालय दैलेखमा थन्काईएको छ । चोरी भएको मुर्ति फिर्ता गरेर मन्दिरमै पु¥याएपनि २०३४ सालमा प्रमुख जिल्ला अधिकारी टेकनाथ भट्टराईको टोलीले मुर्तिलाई सुरक्षित राख्न जिल्ला ल्याईएको थियो । तर यतिका वर्षसम्मपनि मन्दिरमा मुर्ति नर्फकाईनुले आशंका मात्र हैन मुर्तिसमेत गायव वनाएको त हैन भन्ने पश्न खडा गरेको महाबु गाउपालिका टोपबहादुर शाहीले बताए ।
बुहमूल्य धातुवाट निर्मित मुर्ति कुन देउताको हो अहिले सम्मपनि एकिन भएको छैन । झट्ट हेर्दा पृथ्वीनारायण शाहको जस्तो कद देखिने मुर्तिको तौल ५ किलो भन्दा बढी रहेको छ । मुर्तिबारे अध्ययन गर्न काशीकाँध पुगेका इतिहासविद् पूर्णप्रकाश नेपाल ‘यात्री’ले राजा जनकको मूर्ती हुनसक्ने आशंका गरेका थिए ।

तस्वीर: भक्तबहादुर शाही
०३४ सालदेखि सो मुर्ति प्रशासन कार्यालय भित्रको फलामको बाकस भित्र राखिएकाले वर्षेनी फूलपातीका अवसरमा पुजारी सहितका गाउँलेको टोली मुर्तिको पुजाअर्चनाका गर्न जिल्ला प्रशासनमै आउने गरेका थिए । तर स्थानीयबासीले सुरक्षाको प्रवन्ध मिलाएर मुर्ति मन्दिरमा फकाईदिन माग गरेपनि प्रशासनले सुनुवाई नगरेको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनले भने, प्रहरी चौकी स्थापनामा पछि मन्दिरमा मुर्ति लिन्छौं । प्रशासनमा यसको बारे छलफल गरिने छ,उनले भने ।
दैलेख धार्मिक क्षेत्रको रुपमा नेपालकै पवित्र तीर्थस्थल मध्येको एक जिल्ला हो । मन्दिर आसपासमा ऐतिहासिक देवल, शिवकुण्ड, ब्रहमकुण्ड, सिद्धपोखरी, झरना लगायतका सुन्दर सम्पदाहरु भएकाले पर्यटकीय विकासको सम्भावनाहरु रहेको छ । ५० वर्ष अघि देखी सुरक्षाको कारण देखाउदै निकै वहुमुल्य मुर्ति राखेको प्रशासन भने स्थानिय नागरिकहरुले आफै सुरक्षा दिन सक्ने प्रत्याभुति भएमात्र मन्दिरमा मुर्ति पठाईने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
परापुर्वकालदेखी एक पवित्र तिर्थस्थलको रुपमा मानिने यस क्षेत्रमा श्राद्ध, पूजा, होम, जप, तप र दान इत्यादी कर्म गर्नाले महापुण्यदायक फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । यसैगरी पञ्चकोशी क्षेत्रमा हरिशंकरी यात्रा गरेर पुण्य लाभ गर्ने जनविश्वास कायमै छ । खास गरेर पश्चिम नेपालका देवताका धामीहरूले आफ्नो शक्ती प्राप्त गर्न यो क्षेत्रमा रहेका वहुमुल्य मुर्ति लगाएत थुप्रै संम्पदाहरुलाई संरक्षण गर्नुपर्ने दायित्व भएपनि सुरक्षाका कारण देखाई सम्पदाको संरक्षण गर्न नसक्नुले जिल्लाकै धार्मिक पर्यटन लोपहुन सक्ने खतरा वढेको छ ।
