एमाले केन्द्रीय कमिटी बैठक बस्देै
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।
बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदनका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
एमालेले पार्टीको महाधिवेशनमा आउने प्रतिनिधिबारे बिहीबार स्थायी कमिटीमा छलफल गरेको थियो।
एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ।
महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशन तयारीलगायत विषयमा आज केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
