आजदेखि तिहार शुरू
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे उत्तम रहेको जनाएको छ । नेवार समुदायले आत्मपूजा गर्ने म्हपूजा शुक्रबार नै उत्तम रहने जनाइएको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. ज्योतिषी श्रीकृष्ण अधिकारीका अनुसार यस पटक त्रयोदशी टुटेकाले चतुर्दशीको उदयमा कागपूूजा र भोलिपल्ट चतुर्दशीको ५ः३२ बजे कुकुर पूजा गर्नु उत्तम हुनेछ ।
