नेपालगञ्ज विमानस्थलमा बँदेलसँग जहाज ठक्कर खाएपछि…
नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाजसँग बँदेल ठक्कर खाएको छ।
विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज आज बिहान बँदेलसँग ठक्कर खाएको हो।
जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो।
विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको छ।
जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यात्रु र चालक सकुशल छन्।
करिब आधा घन्टा विमानस्थल बन्द गरिएकोमा अहिले सुचारू भइसकेको छ।
